Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अध्यादेशप्रति राप्रपाको आपत्ति, ‘दुई तिहाइको जनमतको हुर्मत लिइयो’

अध्यादेशप्रति राप्रपाको आपत्ति, ‘दुई तिहाइको जनमतको हुर्मत लिइयो’

काठमाडौं । सरकारले संसद् स्थगित गरेर अध्यादेश ल्याएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति जनाएको छ।

प्रवक्ता मोहन श्रेष्ठले यो कदमलाई दुई तिहाइ जनमतको अपमान भन्दै आलोचना गरेका छन्।

उनले संसद् बैठक आह्वान भइसकेपछि आकस्मिक रूपमा स्थगित गरेर अध्यादेश ल्याउनु गलत अभ्यास भएको टिप्पणी गरेका छन्।

राप्रपाले यस्तो निर्णयले लोकतान्त्रिक प्रक्रिया कमजोर हुने भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *