Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुमबासी बस्तीको लगत संकलनमा सेना सक्रिय, पूर्वतयारी भएको दाबी

सुकुमबासी बस्तीको लगत संकलनमा सेना सक्रिय, पूर्वतयारी भएको दाबी

काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा सुकुमबासी बस्तीको लगत संकलन थालेको छ।

स्थानीय युनिटमार्फत पठाइएका पत्रमा अव्यवस्थित बस्तीको विवरण माग गरिएको छ भने केही स्थानमा म्यापिङसमेत सुरु भएको बताइएको छ।

सेनाले यो कार्य मनसुन पूर्वतयारी र विपद् व्यवस्थापनका लागि भएको जनाएको छ। जोखिम क्षेत्र पहिचान र उद्धार योजनाका लागि तथ्यांक आवश्यक भएको सेनाको भनाइ छ।

तर सुकुमबासी बस्ती हटाउने अभियान चलिरहेका बेला सेनाको यो गतिविधिले थप चासो बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *