काठमाडौं, वैशाख १५ – पोर्चुगलकी विदेश राज्यमन्त्री डा. आना इसाबेल जाभियर तीन दिने औपचारिक भ्रमणका लागि अप्रिल २९ मा नेपाल आउने भएकी छन्।
भ्रमणका क्रममा उनले परराष्ट्र सचिव अमृत बहादुर राईसँग द्विपक्षीय वार्ता गर्ने र परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
भेटघाटमा नेपाल–पोर्चुगल सम्बन्ध, आर्थिक सहकार्य तथा पोर्चुगलमा रहेका नेपाली समुदायका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।


