Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कोशी प्रदेशमा सुकुमबासी बस्तीबारे विवरण संकलन, डोजर अपरेसनको तयारी संकेत

कोशी प्रदेशमा सुकुमबासी बस्तीबारे विवरण संकलन, डोजर अपरेसनको तयारी संकेत

विराटनगर, वैशाख १५ – कोशी प्रदेशका विभिन्न जिल्लामा सुकुमबासी बस्तीहरूको विवरण संकलन अभियान सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले पालिकाहरूलाई सरकारी, ऐलानी र गुठी जग्गामा रहेका बस्तीहरूको तथ्यांक पठाउन निर्देशन दिएका छन्।

झापा र मोरङमा घरधुरी, परिवार संख्या र जग्गाको विवरण संकलन भइरहेको छ भने विवरण प्राप्त भएपछि मात्र कारबाही प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ।

सीडीओ कार्यालयका अनुसार तथ्यांक संकलनपछि वास्तविक सुकुमबासी पहिचान गरी आवश्यक अपरेसन अघि बढाइने तयारी छ। सुनसरीमा अझै विवरण संकलन सुरु नभएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *