झापा । झापाको झापा गाउँपालिका–१ सालमाराबाट प्रहरीले ठूलो परिमाणमा अवैध स्याउ बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको संयुक्त टोलीले जालिम मियाको घरमा छापा मारेर १०४ कार्टुन स्याउ फेला पारेको हो।
बिल–बीजक बिना राखिएको उक्त स्याउ भारततर्फ तस्करी गर्ने तयारीमा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।
बरामद स्याउको मूल्य करिब ८ लाख ४० हजार रुपैयाँ रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।


