Friday, June 05, 2026
Home > स्थानीय समाचार > जिउँदै व्यक्तिलाई मृत घोषणा, वडाध्यक्षसहित ४ जना पक्राउ

जिउँदै व्यक्तिलाई मृत घोषणा, वडाध्यक्षसहित ४ जना पक्राउ

रूपन्देही । जिउँदो व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ता गराएको घटनामा वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा भएको उक्त प्रकरणमा वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव सञ्जयकुमार चौधरी नियन्त्रणमा परेका हुन्।

यसअघि मुख्य योजनाकार तारिख मियाँ अन्सारी र एक साक्षी पनि पक्राउ परिसकेका थिए भने अन्य केही फरार छन्।

प्रहरीका अनुसार झुटा विवरणका आधारमा मृत्यु दर्ता गराइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *