विराटनगर। कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा करिब ३१% मात्रै बजेट खर्च गरेको छ। ३२ अर्बभन्दा बढीको संशोधित बजेटमध्ये चैतसम्म ११ अर्ब रुपैयाँ मात्र खर्च हुँदा अब बाँकी तीन महिनामा २१ अर्बभन्दा बढी खर्च गर्नुपर्ने दबाब परेको छ।
विकास (पुँजीगत) खर्च झन् कमजोर देखिएको छ भने निर्माण सामग्रीको मूल्यवृद्धि र अभावले काम प्रभावित भएको बताइएको छ। आर्थिक मामिला मन्त्री विदुर लिङथेप ले लक्ष्यअनुसार खर्च पुग्न कठिन हुने स्वीकार गरेका छन्।


