पोखरा, २७ चैत – बुधबार साँझ पोखराको पृथ्वीचोकमा भएको हत्यामा २७ वर्षीय शिशिर केसी आफ्नै भाञ्जा संलग्न रहेको खुलासा भएको छ। उनले ४२ वर्षीय माइजु सिर्जना पौडेल केसीमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।
प्रहरीले शिशिरलाई पक्राउ गर्दै शुक्रवार सार्वजनिक गरेको छ। शिशिर र उनका सहायक कुशल परियारलाई लागुऔषध दुर्व्यसनीको संलग्नता रहेको पुष्टि भएको छ। घटनापछि शिशिर बुटवल पुगेका थिए र प्रहरीले भैरहवा प्रहरीले समन्वयमा उनलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा सम्पत्ति विवाद देखिएको छ।


