मिथिलाञ्चलसहित देशभर विवाहित महिलाहरूले आज वटसावित्री (बरसाइत) पर्व श्रद्धापूर्वक मनाएका छन्। महिलाहरूले आफ्ना पतिको दीर्घायु र सन्तान सुखको कामना गर्दै बरको रूखमुनि विशेष पूजा गरेका छन्।
व्रतालु महिलाहरू नयाँ पहिरन र श्रृङ्गारमा सजिएर सुतीको धागो बरको रूखमा बाँध्दै सावित्री–सत्यवानको पौराणिक कथा श्रवण गरेका थिए। नवविवाहित महिलाहरूका लागि यो पर्व विशेष मानिन्छ, जहाँ परिवारबाट उपहार पठाउने परम्परा पनि छ।
सावित्रीले आफ्नो तपस्याद्वारा यमराजबाट पतिका प्राण फिर्ता ल्याएको कथासँग जोडिएको यो पर्व मिथिला संस्कृतिमा नारी शक्ति र समर्पणको प्रतीकका रूपमा मनाइन्छ।


