Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विपद् तयारीका लागि सुकुमबासी विवरण मागिएको सेनाको स्पष्टोक्ति

विपद् तयारीका लागि सुकुमबासी विवरण मागिएको सेनाको स्पष्टोक्ति

काठमाडौं। विभिन्न जिल्लामा सुकुमबासी बस्तीको विवरण मागिएको विषयमा नेपाली सेना ले विपद् पूर्वतयारीका लागि मात्रै तथ्यांक संकलन गरिएको स्पष्ट पारेको छ।

थापाथलीलगायत काठमाडौँका बस्ती हटाइएपछि बर्दिया र उदयपुरका स्थानीय निकायसँग पनि सुकुमबासी विवरण मागिएको थियो, जसपछि सेनामाथि आलोचना भएको थियो।

सेनाका प्रवक्ताले नदी किनार र जोखिमयुक्त क्षेत्रको अद्यावधिक तथ्यांक संकलन गरेर विपद् व्यवस्थापन र उद्धार योजना प्रभावकारी बनाउन यो काम गरिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *