काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले अध्यादेश ल्याएको कदमको कडा आलोचना गरेका छन्।
उनले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताउँदै प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नै बहुमतप्रति किन अविश्वास गरेको भन्दै प्रश्न उठाएका छन्।
आङ्देम्बेले आवश्यक कानुन संसदमार्फतै पारित गर्न सकिने अवस्थामा अध्यादेश प्रयोग गर्नु संसदको अपमान भएको टिप्पणी गरेका छन्।


