काठमाडौं, वैशाख १६ – अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा चलचित्रकर्मीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ लगायत कलाकार र फिल्मकर्मीहरूको सहभागिता रहेको थियो।
उनीहरूले ‘सिनेमा बोल्न देऊ’ लगायतका नारा लेखिएका प्लेकार्डसहित कलात्मक स्वतन्त्रताको पक्षमा आवाज उठाएका थिए।
यसअघि पाटन उच्च अदालत ले चलचित्र लालीबजार को प्रदर्शन २२ वैशाखसम्म रोक्न आदेश दिएको थियो। वादी समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै दायर मुद्दामा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।


