Friday, June 05, 2026
Home > स्थानीय समाचार > कोशीमा ब्राउन सुगरसहित ११ जना पक्राउ, विभिन्न जिल्लामा प्रहरी कारबाही

कोशीमा ब्राउन सुगरसहित ११ जना पक्राउ, विभिन्न जिल्लामा प्रहरी कारबाही

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा गरिएको प्रहरी कारबाहीमा ब्राउन सुगरसहित ११ जना पक्राउ परेका छन्।

झापा, सुनसरी, धरान र पाँचथरबाट गरी अलग–अलग स्थानमा लागूऔषधसहित व्यक्तिहरू पक्राउ परेका हुन्। झापामा मात्रै २९ ग्रामभन्दा बढी ब्राउन सुगर र मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *