धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पारदर्शिता र सुधारको माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ।
स्थानीयको नेतृत्वमा सुरु भएको अभियानमा व्यवस्थापनको अपारदर्शिता, ठेक्का प्रक्रिया र सेवा प्रवाहमा देखिएको कमजोरीबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरिएको छ।
अभियानमा हालसम्म दुई हजारभन्दा बढी नागरिकले हस्ताक्षर गर्दै समर्थन जनाएका छन्।


