काठमाडौं । भन्सार विभाग ले बजारमा मूल्य पारदर्शिता कायम गर्न MRP अनिवार्य गर्ने निर्देशन जारी गरेको छ।
अब नेपालमा आयात भई बिक्री हुने अधिकांश प्याकेजिङ वस्तुमा अधिकतम खुद्रा मूल्य (MRP) स्पष्ट उल्लेख गर्नुपर्नेछ। MRP बिना वा लेबल नगरी वस्तु बिक्री गर्न नपाइने विभागले जनाएको छ।
यद्यपि, कच्चा पदार्थ, मेसिनरी र छिट्टै बिग्रिने वस्तुहरूमा भने यो नियम लागू नहुन सक्छ।
यो व्यवस्थाले उपभोक्ता संरक्षण र बजार व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


