काठमाडौंमा नेपाली चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोकिएकोप्रति कलाकर्मीहरूले आपत्ति जनाएका छन्। माइतीघर मण्डलामा गरिएको शान्तिपूर्ण प्रदर्शनमार्फत उनीहरूले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न माग गरेका हुन्।
उच्च अदालत पाटनले प्रदर्शनअघि नै फिल्ममा रोक लगाएपछि चलचित्रकर्मीहरूले यसलाई सृजनात्मक स्वतन्त्रतामाथि हस्तक्षेप भएको बताएका छन्। विभिन्न चलचित्र संघ–संस्थाहरूले एकजुट भएर फिल्मबारे निर्णय लिनुअघि यसको विषयवस्तु बुझ्नुपर्नेमा जोड दिएका छन्।
प्रदर्शनमा सहभागीहरूले कालो पट्टी बाँधेर मौन विरोधसमेत जनाएका थिए।


