झापा जिल्ला — मेचीनगर–४ बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको आक्रमण हुँदा आमा–छोरी घाइते भएका छन्।
घाइते हुनेमा ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा रहेका छन्। दुवैजनाको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार सो क्षेत्रमा पछिल्लो समय हात्तीको आवतजावत बढ्दो छ, जसले बस्तीमा त्रास सिर्जना गरेको छ।


