Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > महान्यायाधिवक्ता कडेलको योग्यता विवाद सुनुवाइ स्थगित

महान्यायाधिवक्ता कडेलको योग्यता विवाद सुनुवाइ स्थगित

काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यता विवादसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।

सर्वोच्च अदालतमा तय भएको पेसी न्यायाधीशहरू अन्य इजलासमा व्यस्त भएकाले स्थगित भएको हो।

अब यो मुद्दाको सुनुवाइ अर्को मितिमा संयुक्त इजलासमा हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *