काठमाडौं — सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी आज अवकाशमा जाँदै छन्। हलचोकस्थित मुख्यालयमा उनको बिदाइ कार्यक्रम आयोजना गरिएको छ।
सरकारले नारायणदत्त पौडेललाई नयाँ आईजी नियुक्त गरिसकेको छ। अर्यालको कार्यकालमा निर्वाचन सुरक्षा, विभिन्न आन्दोलन व्यवस्थापन र संगठन सुधारका पहलहरू भएका थिए।


