Friday, June 05, 2026
Home > विराटनगर समाचार > मई दिवसमा मोरङमा श्रमिक सम्मान, दीर्घ सेवा गर्ने तीन कामदार पुरस्कृत

मई दिवसमा मोरङमा श्रमिक सम्मान, दीर्घ सेवा गर्ने तीन कामदार पुरस्कृत

विराटनगर — १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उद्योग संगठन मोरङले श्रमिक र रोजगारदाताबीच सम्बन्ध मजबुत बनाउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका तीन दीर्घकालीन श्रमिक—मायावती थारु, मोहम्मद ईद्रिस मिया र सीतादेवी लामिछाने—लाई नगदसहित सम्मान गरिएको छ।

अध्यक्ष नन्दकिशोर राठीले उद्योग–श्रमिक सम्बन्ध सुदृढ बनाउन संगठनले सेतुको भूमिका खेल्दै आएको बताए। कार्यक्रममा उद्योगी, ट्रेड युनियन प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *