काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहान ११ बजे बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ।
बैठकमा स्थानीय तह उम्मेदवार छनोटको रूपरेखा, महाधिवेशन कार्यविधि तथा संसदीय दलको विधान संशोधनबारे छलफल हुने जनाइएको छ।
सभापति रवि लामिछानेले सबै सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्।


