काठमाडौं — प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूको अनुपस्थितिका कारण प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित गरिएको छ।
सोमबार बिहान ११ बजेका लागि तय गरिएको बैठक प्रधानमन्त्री वलेन्द्र शाह (बालेन) उपस्थित नहुने भएपछि बस्न नसकेको हो। समितिका सचिवका अनुसार कार्यक्षेत्रसँग सम्बन्धित प्रमुख मन्त्रीहरू उपलब्ध नभएकाले बैठक सारिएको हो।
बैठकमा समितिको आगामी कार्ययोजना र कार्यक्षेत्रबारे छलफल गर्ने तयारी थियो।


