Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सभामुखको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित

सभामुखको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित

काठमाडौँ । प्रतिनिधिसभा सभामुख डोलप्रसाद (डीपी) अर्यालले बोलाएको प्रमुख सचेतक र सचेतकहरूको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित भएको छ।

सिंहदरबारमा सोमबार भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभामुखले सत्ता र विपक्षी दलका प्रतिनिधिहरूलाई बोलाएका थिए।

तर, बैठकमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूमध्ये श्रम संस्कृति पार्टी सहभागी भएन।

प्रतिनिधिसभामा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका प्रतिनिधिहरू रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *