Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > होर्मुज जलमार्गमा दुई जहाजमाथि आक्रमण, चालक दल सुरक्षित

होर्मुज जलमार्गमा दुई जहाजमाथि आक्रमण, चालक दल सुरक्षित

काठमाडौं । इरानको होर्मुज जलमार्ग क्षेत्रमा आइतबार दुईवटा मालवाहक जहाजमाथि आक्रमण भएको छ। रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने यस मार्गमा भएको घटनापछि सुरक्षा चासो बढेको छ।

पहिलो घटना इरानको सिरिकबाट करिब ११ समुद्री माइल पश्चिममा भएको हो, जहाँ उत्तरतर्फ जाँदै गरेको बल्क क्यारियर जहाजलाई साना डुंगाहरूले आक्रमण गरेको रिपोर्ट गरिएको थियो। केही घण्टापछि फुजैराह बन्दरगाह नजिक अर्को ट्यांकर जहाजमा अज्ञात वस्तु प्रहार भएको बताइएको छ।

दुवै घटनामा चालक दल सुरक्षित रहेको र वातावरणीय क्षति नभएको युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *