Tuesday, July 21, 2026
Home > स्थानीय समाचार > बैंकिङ कसुरमा फरार दीपक विष्ट फुङलिङबाट पक्राउ

बैंकिङ कसुरमा फरार दीपक विष्ट फुङलिङबाट पक्राउ

ताप्लेजुङ — बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले ताप्लेजुङको फुङलिङबाट पक्राउ गरेको छ।

फुङलिङ नगरपालिका–११ का ३६ वर्षीय दीपक विष्टलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चार वटा बैंकिङ कसुरमा दोषी ठहर भएका विष्टमाथि ६ दिन कैद र ६ लाख रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ।

प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *