Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > आज केही जिल्लामा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन आग्रह

आज केही जिल्लामा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं — जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ।

दिउँसो बाँके, दाङ, रुपन्देही र कपिलवस्तुमा हावाहुरी चल्ने अनुमान गरिएको छ भने राति बारा, पर्सा, रौतहटलगायत तराईका जिल्लामा जोखिम बढी रहने बताइएको छ।

यसैगरी ताप्लेजुङ, ओखलढुंगा, जिरी र जोमसोममा वर्षा हुने सम्भावना पनि रहेको छ।

विभागले हावाहुरीबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *