Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > इन्धनको मूल्य घटाउन सकिँदैन : सरकार

इन्धनको मूल्य घटाउन सकिँदैन : सरकार

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतका अनुसार, इन्डियन आयल कर्पोरेसनले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन सकिँदैन।

सचिव राउतले बताए अनुसार, खाना पकाउने ग्यास र पेट्रोलमा सरकारले घाटामा व्यापार गरिरहेको छ र स्वचालित मूल्य प्रणाली लागू गर्दा मूल्य अझै बढ्ने सम्भावना छ। नेपाल आयल निगम मुनाफामा नभएकाले कर्मचारीलाई बोनस पनि दिइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *