काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद समाधान गर्न असन्तुष्ट पक्षसँग संवाद थालेका छन्। आज उनले नेता शेखर कोइरालासँग करिब एक घण्टा भेटवार्ता गरे भने नेता पूर्णबहादुर खड्कासँग पनि आजै भेट गर्ने तयारी छ।
पार्टी प्रवक्ताका अनुसार, सभापति थापाले पार्टी एकताबद्ध बनाएर महाधिवेशनतर्फ लैजान सहमति खोज्ने प्रयास गरिरहेका छन्।


