वीरगन्ज । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु गरेको छ।
सोमबार वीरगन्जबाट पक्राउ परेका प्रसाईंलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनीमाथि समाजमा द्वेष फैलाउने अभिव्यक्ति दिएको आरोप लगाइएको छ।


