विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट्सतर्फको निर्वाचनमा विराटनगरका उद्यमी सुयास प्याकुरेल कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत भएको निर्वाचनमा उनले १,०६९ मत प्राप्त गर्दै शीर्ष १७ भित्र स्थान बनाएका हुन्।
व्यवसायिक क्षेत्रका सक्रिय उद्यमी प्याकुरेल एमएम प्लास्टिक, सिटी सिनेमा तथा विराटनगर किंग्स सँग पनि आबद्ध छन्। उनी उद्योग संगठन मोरङका पूर्व अध्यक्षसमेत हुन्।
उनको जितलाई विराटनगरका उद्यमीहरूको प्रतिनिधित्व सुदृढ हुने संकेतका रूपमा हेरिएको छ।


