मोरङ — सुन्दरहरैंचा नगरपालिकाले सार्वजनिक शौचालयलाई आधुनिक सेवा केन्द्रका रूपमा विकास गर्दै ‘मल्टिपर्पस’ नमुना शौचालय सञ्चालनमा ल्याएको छ।
सुन्दरहरैंचा नगरपालिका अन्तर्गत विराटचोक र सलकपुरमा निर्माण गरिएका दुईतले शौचालय भवनमा सफा शौचालयसँगै कफी शप, सैलुन, फेन्सी पसल र पुस्तकालयसमेत सञ्चालनमा छन्।
पब्लिक–प्राइभेट पार्टनरशिप (PPP) मोडलमा सञ्चालन गरिएको यस परियोजनाले सरसफाइ, सेवा र आम्दानीलाई एकै स्थानमा जोड्ने लक्ष्य लिएको छ। नगरपालिकाले यस्ता ८ वटा नमुना शौचालय विस्तार गर्ने योजना अघि सारेको छ।


