Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > इन्द्रचोकको सुनचाँदी पसलमा लुटपाट प्रयास, पेस्तोलसहित ३ जना पक्राउ

इन्द्रचोकको सुनचाँदी पसलमा लुटपाट प्रयास, पेस्तोलसहित ३ जना पक्राउ

काठमाडौं — काठमाडौँको इन्द्रचोकस्थित सुनचाँदी पसलमा पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

इन्द्रचोक भेडासिंहस्थित नैना एन्ड इशान ज्वेलरीमा वैशाख १७ गते भएको घटनामा लुटपाटको प्रयास विफल भएपछि आरोपीहरू फरार भएका थिए।

अनुसन्धानपछि पक्राउ परेका तीन जनामध्ये एक जनाको साथबाट घटनामा प्रयोग गरिएको पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *