नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा उनी उपाध्यक्ष पदमा विजयी भएका हुन्।
त्यस्तै एसोसिएटतर्फ महिला सदस्यमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन्। नयाँ कार्यसमिति चयनका लागि महासंघमा निर्वाचन सम्पन्न भएको हो।


