विराटनगरस्थित रानी एकीकृत भन्सार जाँच चौकीमा एमआरपी (अधिकतम बिक्री मूल्य) सम्बन्धी नयाँ नियम लागू भएपछि ४ सयभन्दा बढी मालवाहक ट्रक अलपत्र परेका छन्। आठ दिनदेखि जारी अवरोधका कारण अर्बौँ मूल्यका तयारी वस्तु, खाद्यान्न, कपडा, टायरलगायत सामग्री सीमामै रोकिएका छन्।
भन्सार विभागले केही वस्तुमा स्वघोषणाको लचिलो व्यवस्था प्रस्ताव गरे पनि उच्च तहबाट स्वीकृति नआएपछि कार्यान्वयन हुन सकेको छैन। स्पष्ट निर्देशन नआएसम्म एमआरपी नभएका सामान जाँचपास गर्न नसकिने भन्सार कार्यालयले जनाएको छ।
व्यवसायीहरूले लामो समय सामान रोकिँदा गुणस्तर घट्ने र बजारमा अभाव तथा मूल्यवृद्धि हुन सक्ने चेतावनी दिएका छन्।


