Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गगन थापा: गलत तरिकाले सुकुम्वासी बन्नेहरूमाथि कारबाही हुनुपर्छ, तर राज्य क्रूर बन्न मिल्दैन

गगन थापा: गलत तरिकाले सुकुम्वासी बन्नेहरूमाथि कारबाही हुनुपर्छ, तर राज्य क्रूर बन्न मिल्दैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सम्पत्ति लुकाएर सुकुम्वासी बन्नेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन्। तर भूमिहीन तथा सुकुम्वासीको व्यवस्थापन गर्दा राज्यले क्रूर व्यवहार गर्न नहुने उनको भनाइ छ।

संसदीय दलको बैठकपछि उनले नदी किनारका बस्तीबारे पनि वैकल्पिक व्यवस्था अनिवार्य भएको बताए। उनले बुद्ध पूर्णिमाको दिन संरचना भत्काउने वा विद्यालयमा डोजर चलाउने जस्ता कार्य अस्वीकार्य भएको टिप्पणी गरे।

थापाले सरकारका केही सकारात्मक कदमलाई समर्थन रहने तर कांग्रेसले सशक्त विपक्षी भूमिका खेल्ने पनि स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *