Friday, June 05, 2026
Home > स्थानीय समाचार > कीर्तिपुरमा दिउँसै एक युवकको हत्या भएको छ।

कीर्तिपुरमा दिउँसै एक युवकको हत्या भएको छ।

कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा दिउँसो साढे २ बजे विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते उनलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार साथी–साथीबीचको झगडाका क्रममा घटना भएको हो। हत्यामा संलग्न व्यक्तिको पहिचान भइसकेको र छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *