संखुवासभा, १३ चैत। संखुवासभा जिल्ला अस्पतालमा पहिलो पटक पाँच शैय्याबाट डायलाइसिस सेवा सुरु गरिएको छ। मिर्गौला रोगीलाई अब जिल्लामै निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुने भएको छ।
पहिलोपटक खाँदबारी–९ की ४८ वर्षीया सशु कुमारी श्रेष्ठलाई सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ। यसअघि बिरामीहरूलाई उपचारका लागि विराटनगर, धरान वा काठमाडौं जानुपर्ने बाध्यता थियो।
सेवा सञ्चालनका लागि आवश्यक उपकरण, जनशक्ति तथा स्थानीय तहको आर्थिक सहयोग व्यवस्थापन गरिएको छ।


