ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठलाई नियुक्त गरेका छन्।
वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक रहेका श्रेष्ठलाई जिम्मेवारी दिइएको हो।
यसअघि सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ अनुसार कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य पदबाट हटाइएका थिए।


