Friday, June 05, 2026
Home > खेलकुद समाचार > क्यानमा एनपीएल विवाद : पारदर्शितामाथि प्रश्न, ७ सदस्यको उजुरी

क्यानमा एनपीएल विवाद : पारदर्शितामाथि प्रश्न, ७ सदस्यको उजुरी

काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) भित्र एनपीएलको आर्थिक हिसाबकिताबलाई लिएर विवाद चर्किएको छ। उपाध्यक्ष रोशन सिंहसहित ७ सदस्यले नेतृत्वमाथि एकलौटी निर्णय र आर्थिक अपारदर्शिताको आरोप लगाउँदै राखेपमा उजुरी दिएका छन्।
उनीहरूले एनपीएलका दुवै सिजनको वित्तीय विवरण, अडिट रिपोर्ट र निर्णय प्रक्रियामा पारदर्शिता नभएको बताएका छन्। आवश्यक कागजात नदिएको भन्दै बहुमत सदस्यले बैठक बहिष्कार गर्दा पनि कोरम नपुगेकै अवस्थामा अडिट पास गरिएको आरोप लगाइएको छ।
यो विवादले क्यानको सुशासन र एनपीएलको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *