Friday, June 05, 2026
Home > स्थानीय समाचार > बाजुराको गुइगाड पुल अलपत्र पार्ने कम्पनीलाई १८ करोड जरिबाना

बाजुराको गुइगाड पुल अलपत्र पार्ने कम्पनीलाई १८ करोड जरिबाना

बाजुराको गुइगाड खोलामा १५ वर्षसम्म पुल निर्माण अलपत्र पार्ने निर्माण कम्पनी राजेन्द्र–थेगी जेभीलाई सडक डिभिजन साँफेबगरले १७ करोड ९९ लाख रुपैयाँ जरिबाना गरेको छ।

२०६८ मा सुरु भएको पुल २०७० भित्र सम्पन्न गर्ने सम्झौता भए पनि कम्पनीले काम पूरा गर्न सकेन। २०७५ मा निर्माण सम्पन्न दाबी गरिएपछि परीक्षण गर्दा पुलले ३० टन भारसमेत धान्न नसकेको र चर्किएको भेटिएको थियो।

हाल पुल जोखिमपूर्ण अवस्थामा रहेकाले एक पटकमा एउटा मात्र गाडी सञ्चालन गर्न निर्देशन दिइएको छ। जरिबाना रकम असुल गर्न प्रक्रिया अन्तिम चरणमा पुगेको सडक डिभिजनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *