बरियारपट्टी छोटी भन्सार बन्द गर्ने सरकारी निर्णयविरुद्ध स्थानीय र व्यापारी आन्दोलित हुँदा हुलाकी मार्ग बिहानदेखि अवरुद्ध भएको छ। भन्सार बन्दले व्यापार र अर्थतन्त्रमा असर पर्ने भन्दै उनीहरूले पुनः सञ्चालनको माग गरेका छन्। सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ भने प्रहरी छलफलमार्फत मार्ग खुलाउने प्रयासमा छ।


