Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १३ जना पक्राउ

देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ।

सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की र ललितपुरबाट पक्राउ परेकाहरूमाथि लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कारबाही गरेको हो।

उनीहरूको साथबाट खैरो हेरोइनसहित फेनारगन, डाइजेपाम, लुपिजेसिक र बुप्रेनोर्फिन जस्ता औषधिहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *