काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने भएको छ।
शुक्रबार अपराह्न ४ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ, जहाँ सुनुवाइ प्रक्रिया सुरु गर्ने एजेन्डा राखिएको छ।
यसअघि संवैधानिक परिषद्को बैठकले बिहीबार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।


