काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टोलीले एकदिवसीय अभ्यास श्रृंखलामा अमेरिकालाई ३ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ।
मूलपानी क्रिकेट मैदानमा २६३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले ४९.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टोलीका लागि मयन यादवले ७२ रनको महत्वपूर्ण अर्धशतकीय पारी खेले।
यसअघि नेपाल ‘ए’ले पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको थियो। अमेरिकाले दिएको २६२ रनको लक्ष्यमा स्मित पटेलको शतक (११६) व्यर्थ भयो।
यो श्रृंखला आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका रूपमा खेलाइएको हो।


