काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ।
नेपाल र स्कटल्यान्डबीच हालसम्म १० ओडीआई खेल हुँदा नेपालले ५ र स्कटल्यान्डले ४ खेल जितेका छन्। त्रिवि मैदानमा भने नेपाल अपराजित रहेको छ।


