काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ।
शुक्रबार बसेको समिति बैठकले १० दिनभित्र स्पष्ट आधारसहित उजुरी वा सूचना दिन सकिने निर्णय गरेको हो।
समितिका अनुसार प्राप्त उजुरीहरू जेठ ५ गतेको बैठकमा अध्ययन गरिनेछ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।


