कानेपोखरी गाउँपालिका–६ मा पञ्चायतकालदेखिको जग्गा विवाद अझै समाधान हुन सकेको छैन। रोहितराम फुयालले आफ्नो नाममा रहेको जग्गा राज्य र स्थानीय निकायले हडपेर अरूलाई भोगचलन गराएको आरोप लगाएका छन्।
कागजात अनुसार जग्गा उनको नाममै रहे पनि त्यहाँ १४ परिवार बसोबास गरिरहेका छन्। रोहितराम अहिले गम्भीर स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररत छन् र आफ्नो पैतृक जग्गा फिर्ताको आशमा न्याय मागिरहेका छन्।


