राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
उत्तरपुस्तिका परीक्षण र इन्ट्रीको काम सकिएकाले अहिले अन्तिम रुजु भइरहेको बोर्डले जनाएको छ। यस वर्ष परीक्षा केन्द्रमै कपी परीक्षण गरिएकाले नतिजा छिटो प्रकाशन गर्न सहज भएको बताइएको छ।


