Friday, June 05, 2026
Home > मनोरञ्जन समाचार > ‘लालीबजार’ फिल्मविरुद्ध माइतीघरमा प्रदर्शन

‘लालीबजार’ फिल्मविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँको माइतीघर मण्डलामा चलचित्र ‘लालीबजार’ विरुद्ध विरोध प्रदर्शन भएको छ।

बादी समुदायका प्रतिनिधि र अधिकारकर्मीहरूले फिल्मले आफ्नो समुदायको मानमर्दन र चरित्रहत्या गरेको आरोप लगाउँदै निर्माण र प्रदर्शन रोक्न माग गरेका छन्।

उनीहरूको भनाइमा फिल्मले बादी समुदायको इतिहासलाई गलत रूपमा प्रस्तुत गरी नकारात्मक भ्रम फैलाएको छ। प्रदर्शनमा ‘लालीबजार बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *