Friday, June 05, 2026
Home > स्थानीय समाचार > काठमाडौँ उपत्यकामा ९ महिनामा ४,६०० भन्दा बढी दुर्घटना, १७४ जनाको मृत्यु

काठमाडौँ उपत्यकामा ९ महिनामा ४,६०० भन्दा बढी दुर्घटना, १७४ जनाको मृत्यु

काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको ९ महिनामा ४,६३१ वटा सवारी दुर्घटना भएका छन्। ती घटनामा १७४ जनाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनामा १८६ जना गम्भीर र करिब ४,९२७ जना सामान्य घाइते भएका छन्। मृत्यु हुनेमध्ये १६ वर्षमुनिका ७ जना रहेका छन् भने अधिकांश १६ देखि ३५ वर्ष उमेर समूहका छन्।

यसैबीच ट्राफिक प्रहरीले नियम उल्लंघनविरुद्ध कडाइ गरेको छ। पछिल्लो डेढ महिनामा मात्र ८६ हजारभन्दा बढी चालक कारबाहीमा परेका छन् र ६ करोडभन्दा बढी राजस्व संकलन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *